४८) र जब शैतानले उनीहरूको कर्म उनीहरूलाई आकर्षक रूपमा देखाइरहेको थियो र भनिरहेको थियो कि आज मानिसहरूमध्ये कोही पनि तिमीमाथि अधिपत्य जमाउन सक्दैन, र म स्वयं पनि तिम्रो समर्थक हूँ । किन्तु जब दुवै समूह आमुन्ने–सामुन्ने आए तब आफ्नो मुन्टो फर्काएर पछि हट्यो र भन्यो (शैतानले) म तिमीभन्दा भिन्न हूँ । मैले त्यो देखिराखेको छु जुन तिमीले देखिराखेका छैनौ । म अल्लाहसित डराउन्छु र अल्लाह कठोर यातना दिनेवाला छ ।


الصفحة التالية
Icon