४०) यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता नगरे पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोेऊ, अवश्य अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उसमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत ग¥यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।


الصفحة التالية
Icon