१५) र जब तिनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई उहाँ मार्फत पठाईन्छ । यदि मैले आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्ने भए मलाई ठूलो दिनको सजायको भय छ ।


الصفحة التالية
Icon