२४) संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्त रूपमा वर्णन गर्दछौं ।


الصفحة التالية
Icon