६१) र तिमी जुनसुकै अवस्थामा हुन्छौ वा कुरआनबाट केही पाठ गर्छौ वा तिमीहरूले कुनै अन्य कामगर्दा जब त्यसमा संलग्न हुन्छौ, हामी त्यसको जानकारी राख्दछौ र तिम्रो पालनकर्ताबाट कुनै कुरा लेस मात्र पनि लुकेको छैन । न जमिनमा, न आकाशमा र न कुनै कुरा त्यसभन्दा सानो छ वा ठूलो तर स्पष्ट किताबमा लेखिएको छ ।