९०) र हामीले बनी इस्राईलको सन्ततिलाई समुन्द्रपार गराइदियौं त फिरऔन र त्यसका सेनाले उनको पछि अत्याचार र अन्यायको इच्छाले हिंडे । यहाँसम्म कि जब ऊलाई डूबाउने संकट आइलाग्यो तब भन्न थाल्योः ‘‘मैले ईमान ल्याएँ जसमाथि बनी इस्राईलले ईमान ल्याएका छन् ऊ बाहेक कोही सत्य पूज्य छैन र म मुसलमानहरू मध्येबाट हूँ ।’’