११६) तसर्थ जुन कौम तिमीभन्दा अघि बितिसकेका छन्, तिनीहरूमा यस्ता बुद्धिमानी किन भएनन्, जसले कि मुलुकमा उपद्रव हुनबाट रोक्दथे, हो, केही (थिए), जसलाई हामीले तिनीहरूमध्येबाट बचायौं र जो अत्याचारी थिए, यिनै कुराको पछाडि लागिरहे, जसमा कि तिनीहरूलाई आनन्द र विलासिता दिइएको थियो, र तिनीहरू अपराधी थिए ।