१७) उसैले आकाशबाट पानी वर्सायो फेरि आफ्नो–आफ्नो क्षमता अनुसार खोलाहरू बग्न थाले, फेरि पानीको भेलले माथि चढेको कूडालाई बगाएर लग्यो । र यस्तै फींज त्यस धातुमा पनि उठीहाल्छ जुन आगोमा हालेर खारिए पछि आभूषण वा अर्काे (सजावटका) समान बन्दछन् । यस्तै किसिमले अल्लाह सत्य–असत्यको उदाहरण प्रस्तुत गर्दछ, । अब फीज त व्यर्थ भएर बगी हाल्छ, परन्तु जुन मान्छेलाई फाइदा पुर्याउने वस्तु छ, त्यो पृथ्वीमा अडी रहन्छ । अल्लाह यस्तै उदाहरणको वर्णन गर्दछ ।


الصفحة التالية
Icon