५४) भनिदिनुस् कीः अल्लाहको आज्ञापालना गर र रसूलको आदेशको अनुशरण गर । यदि तिमी विमुख हुन्छौ भने रसूलको जिम्मामा त्यति मात्र छ जति उहाँलाई भनिएको छ । र तिमीमाथि त्यसको जवाफदेही छ जुन तिम्रो जिम्मा छ । र यदि रसूलको आदेश अनुसार हिंड्ने छौ भने सिधा मार्ग प्राप्त हुनेछ । र रसूलको जिम्मामा त स्पष्टरूपले (आदेशलाई) पुर्याइदिने सम्म मात्र हो ।