५८) हे मोमिनहरू ! तिमीमध्येका तिम्रा दास, दासीहरू र नाबालकहरूको लागि आवश्यक छ कि तीन समयहरूमा तिमीसित अनुमति लिइहालुन् प्रभातकालिन नमाजे फज्रभन्दा अगाडि, र जब दिउँसो तिमीले आरामको निम्ति आफ्ना लुगाहरू फुकाइदिन्छौ, र (तेस्रो) इशाको नमाज पश्चात । (यी) तीन समय तिम्रो एकान्त र पर्दाका हुन् । यी समय बाहेक (अन्य समयहरूमा) न तिमीमाथि कुनै दोष छ र न उनीहरू माथि । जुन कि (कामको लागि) एक अर्काको पासमा आइरहन्छौ । यसप्रकार अल्लाहले आफ्नो आयतहरूलाई स्पष्टरूपले वर्णन गर्दछ र अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।


الصفحة التالية
Icon