७) अल्लाहले नै तिमीलाई किताब प्रदान गर्यो, जसका केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातका पछाडि लागि पर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रा पालनकर्ताबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।


الصفحة التالية
Icon