१३) तिम्रा निम्ति दुई समूह, जो कि (बद्रको युद्धको दिन) आपसमा संघर्षरत भए (अल्लाहको शक्तिको) प्रतीक थियो । एक समूह थियो, त्यो अल्लाहको मार्गमा युद्धरत थियो, र दोस्रो समूह काफिरहरूको थियो जसले तिनलाई आफ्ना आँखाले आफूभन्दा दोब्बर देखिराखेका थिए । र अल्लाह आफ्नो तर्फबाट जसलाई चाहन्छ सहयोग पुर्याउँछ । निःसन्देह यसमा आँखा भएकाहरूका लागि ठूलो पाठ छ ।


الصفحة التالية
Icon