६) नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।


الصفحة التالية
Icon