५१) यीमध्ये जुन स्त्रीलाई चाहन्छौ अलग्गै राख र जसलाई चाहन्छौ आफ्नो साथमा राख । र कसैलाई तपाईंले अलग्गै राख्नु भएपछि यदि उसलाई फेरि आफ्नो पासमा बोलाउँनु हुन्छ भने तपाईंलाई कुनै पाप (गुनाह) छैन । यो यसकारण कि ती स्त्रीहरूका आँखाहरू शीतल रहुन्, र उनीहरू दुःखी नरहुन् र जे–जति तपाईंले उनलाई दिनुहुन्छ उसलाई लिएर सब सहमत रहुन् र जे–जति तिम्रा हृदयमा छन् अल्लाहलाई त्यसको बारेमा थाहा छ अल्लाह त सर्वज्ञ र धेरै सहनशील छ ।


الصفحة التالية
Icon