१२) र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।


الصفحة التالية
Icon