८४) हे मुहम्मद ! तपाई भनि दिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।


الصفحة التالية
Icon