२४) उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा गरे र अल्लाहतिर प्रवृत्त भए ।


الصفحة التالية
Icon