३) खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ ।


الصفحة التالية
Icon