८) र जब मानिसलाई कुनै कष्ट पुग्दछ तब राम्रो एकाग्र भएर आफ्नो पालनकर्तालाई पुकार्दछ अनि जब अल्लाहले उसमाथि आफ्नो अनुकम्पा गर्दछ, तब त्यसले त्यस कुरालाई बिर्सिहाल्दछ जसको निम्ति पहिला पुकारिराखेको थियो, र अल्लाहको समकक्षी ठहराउन थाल्दछ, ताकि यसको परिणामस्वरूप त्यसले उसको मार्गबाट अरुलाई पनि विचलित गराइदेओस् । तपार्इं भनिदिनुस् कि आफ्नो इन्कारको फाइदा केही दिनसम्म लिइहाल । अन्ततः तिमी नरकीहरूमध्येका हुनेछौ ।


الصفحة التالية
Icon