४) अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।


الصفحة التالية
Icon