११) हे मोमिनहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्रा होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्री होउन् र आपसमा एक अर्कालाई आक्षेप नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।


الصفحة التالية
Icon