१२) जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैनन् भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ । (तर यो विभाजन) मृत्तकको त्यस इच्छा पत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएकी ऋण तिरिसकेपछि गरिने छ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैनन् भने तिम्रा स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेका छौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानि नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा सहनशील छ ।


الصفحة التالية
Icon