२२) जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्दछन्, उनीहरूलाई अल्लाह र उसको रसूलका दुश्मनहरूसित मित्रता गरेको तपाईले पाउनु हुन्न । चाहे उनीहरू तिनीहरूका बाबु वा छोरा वा भाइ वा उनको खलककै मानिसहरू किन नहोउन् । यिनै ती मानिसहरू हुन्, जसको हृदयमा अल्लाहले ईमान लेखिदिएको छ र अदृश्य अनुकम्पाले उनीहरूको सहायता गरेको छ र उसले उनीहरूलाई त्यस्ता स्वर्गहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रवेश गराउने छ, यिनी सधैं त्यसमा रहनेछन् । अल्लाह उनीहरूसित, र उनीहरू अल्लाहसित खुशी छन् । यही समूह अल्लाहको जमाअत (समूह) हो । र सुनिराख कि अल्लाहकै जमाअत नै सफल समूह हुनेछ ।


الصفحة التالية
Icon