२) उही हो, जसले किताबवालाहरूमध्येबाट ती मानिसहरूलाई जसले इन्कार गरे उनीहरूको घरबाट पहिलो भेलाद्वार नै बाहिर निकालिदियो । तिमीलाई अनुमान पनि थिएन कि उनीहरू निस्कने छन् र उनीहरूले ठान्थे कि उनका गढीहरू अल्लाहबाट उनीहरूलाई बचाइहाल्ने छन् तर अल्लाहको क्रोध उनीहरूलाई यस्तो ठाउँबाट आइलाग्यो जसको उनीहरूलाई कल्पना पनि थिएन र उसले उनीहरूको हृदयमा अल्लाहको आतंक फैलाइदियो कि उनीहरू आफ्ना घरहरूलाई स्वयम् आफ्नै हातले र मोमिनहरूको हातबाट उजार्न थाले । अतः हे आँखाले देख्नेवालाहरू ! शिक्षा ग्रहण गर ।


الصفحة التالية
Icon