२४) र विवाहित स्त्रीहरू पनि (वर्जित छिन्) तर ती बाहेक जुनकि (दासीको रूपमा) तिम्रो अधिकारमा आउँछिन् । यो आदेश अल्लाहको तर्फबाट तिम्रोलागि अनिवार्य गरिएको हो र यी वर्जित स्त्रीहरू बाहेक अन्य स्त्रीहरू तिम्रो लागि हलाल छिन्, आफ्नो धनबाट महर दिएर तिनीहरूसँग विवाह गर्न चाहन्छौ भने, तर यो शर्तमा निकाहको उद्देश्य दुराचारबाट बच्नु हुनुपर्छ न कि वासनाको पूर्तिको निम्ति । तसर्थ जुन स्त्रीहरूसँग तिमीले लाभ प्राप्त गर्दछौ, तिनलाई महरमा निर्धारित गरिएको धन दिइहाल र यदि महर निर्धारित गरिसकेपछि आपसी सहमतिबाट अन्यथा तय गर्दछौ भने त्यसमा तिमीलाई कुनै पाप लाग्दैन । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ (र) सम्पूर्णरूपले तत्वज्ञ छ ।


الصفحة التالية
Icon