६) तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।


الصفحة التالية
Icon