७५) आखिर के कारण छ कि अल्लाहको मार्गमा, ती निःसहाय लोग्ने मानिसहरू, र स्वास्नी मानिसहरू र बच्चाहरू मुक्त गराउनका लागि तिमी युद्ध गर्दैनौ ? जसले प्रार्थना गर्ने गर्दछन् कि हे रब ! हामीलाई अत्याचारीहरूको शहरबाट निकालिहाल र हाम्रो निम्ति आफ्ना विशेष रक्षक नियुक्त गर र हाम्रो निम्ति खास आफ्नैतर्फबाट सहयोगी बनाइदेऊ ।