८३) जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर (स.) र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे । र यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए त केही बाहेक सबै शैतानका अनुयायी हुने थिए ।