९०) तर ती मानिसहरू बाहेक जसले कि यस्तो समूहसँग जसको र तिम्रो बीचमा सम्झौता भइसकेको छ, अथवा तिनिहरू तिमीनिर यसरी आएका छन् कि तिनीहरूका हृदय तिमीसँग अथवा आफ्नो समूहसँग युद्ध गर्न सक्दैनन् र यदि अल्लाहले चाहेको भए तिनीहरूले तिमीमाथि वर्चस्व राख्न सक्दथे र तिनीहरूले अवश्य नै युद्ध गर्दथे । तसर्थ यदि तिनीहरूले तिमीसँग युद्ध गर्नुबाट पन्छिन्छन् र तिमीकहाँ (शान्ति) सम्झौताको सन्देश पठाउँछन् भने अल्लाहले तिम्रो निम्ति तिनीहरूसँग युद्ध गर्न कुनै बाटो खोलेको छैन ।


الصفحة التالية
Icon