९२) कुनै मोमिनले अर्को मोमिनलाई मार्नु कुनै अवस्थामा पनि उचित छैन, तर गल्तीबाट मारिहालेको छ भने अर्को कुरा हो र कसैले भूलबाट मार्दछ भने अल्लाहको आदेश छ कि त्यसले एउटा मुसलमान दासलाई मुक्त गरोस् र साथै मृतकका उत्तराधिकारीहरूलाई रगत बगाए बापतको क्षतिपूर्ति रकम दिइयोस् । तर हो, यदि तिनीहरूले माफ गरिदिन्छन् भने यो उनीहरूको आफ्नो इच्छाको कुरो हो । यदि मारिएको मानिस तिम्रा शत्रुको समूहको छ र त्यो स्वयं मोमिन छ भने एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्दछ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरूमध्येको छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरूलाई रगतको क्षतिपूर्ति रकमका साथै एउटा मुसलमान दासलाई मुक्त गर्नुपर्छ । अतः जसलाई साधन र क्षमता छैन, तिनीहरूले अनिवार्यरूपले दुई महिनाको व्रत बस्नु पर्छ । यो पश्चाताप अल्लाहबाट माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र बडो बुद्धिमत्ता सम्पन्न छ ।


الصفحة التالية
Icon