९५) अल्लाहको मार्गमा आफ्ना सम्पत्ति र ज्यानले युद्ध गर्ने मोमिन र बिना उचित कारण बसिरहने मोमिन एक समान हुन सक्दैनन् । अल्लाहले, आफ्ना ज्यान र मालसित युद्ध गर्ने मोमिनलाई त्यसै बसिराख्ने माथि धेरै श्रेष्ठता प्रदान गरेको छ, यद्यपि अल्लाहले सबै मोमिनलाई राम्रो स्थानको वचन दिएको छ तर ठूलो पुरस्कारको दृष्टिकोणले अल्लाहले जिहाद गर्नेहरूलाई, बसिराख्नेमाथि महानता प्रदान गरेको छ ।


الصفحة التالية
Icon