९७) जुन मानिस आफूमाथि अत्याचार गर्नेवाला छन्, जब तिनका प्राण निकाल्ने बेलामा फरिश्ताहरूले सोध्छन् तिमी कुन अवस्थामा थियौ त भन्दछन् कि हामी आफ्नो ठाउँमा कमजोर र असहाय अवस्थामा थियौं । (अनि) फरिश्ताहरूले सोध्छन् कि त्यहाँबाट बसाई सर्न के अल्लाहको धरती फराकिलो थिएन ? त्यस्ता मानिसहरूको बासस्थान नर्क हुनेछ, र त्यो जानु पर्ने अति नराम्रो ठाउँ हो ।