१००) जुन मानिस आफ्नो घरबार छाडि अल्लाहको बाटोमा लाग्छ उसले धर्तीमा शरणको निम्ति प्रशस्त ठाउँ र जीविका पनि पाउने छ र जुन मानिस आफ्नो घर छाडि अल्लाह र त्यसको रसूलको मार्गमा लाग्नेछ, यदि उसको मृत्यु प्रवासमा हुन्छ भने त्यसको पुरस्कार पनि अल्लाह छेउ निश्चित भइहाल्यो र अल्लाह बडो क्षमा प्रदान गर्नेवाला दयालु छ ।