१०८) तिनीहरू मानिसहरूबाट त लुक्न सक्दछन् तर अल्लाहबाट लुक्न सक्दैनन् । जब यिनीहरू रातिराति आपसमा ती कुराहरूबारे छलफल गर्दछन्, जसलाई अल्लाहले रुचाउँदैनन् । त्यतिखेर पनि अल्लाह यिनीहरूको नजीक हुने गर्दछ । अल्लाहले यिनीहरूका सम्पूर्ण क्रियाकलापलाई आफ्नो घेरामा राखेको छ ।