५४) र जब मूसाले आफ्ना जातिका मानिसहरूसित भने हे मेरा जाति वालाहरू तिमीहरूले बाछोलाई पूजेर आफूमाथि अत्याचार गरेका छौ तसर्थ आफ्नो स्रष्टातिर फर्क आफ्ना ज्यान (अपराधीका ज्यान) लाई आफनै हाथले हत्यागर । अल्लाह सामु तिम्रो भलो यसैमा छ, अनि उसले तिम्रो गल्ती माफ गरिदियो । ऊ निःसन्देह क्षमाशील र अत्यन्त दयालु छ ।