११९) र (शैतानले भन्दछ) तिनीहरूलाई सही बाटोबाट विचलित गराइरहने छु र अनुचित आशा दिलाइरहने छु र तिनलाई सिकाउने छु कि जनावरहरूको कान चिर्ने गर र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर । हेर जसले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाउँछ, त्यो खुलारूपमा हानिमा पर्नेछ ।