१४१) यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? तर अल्लाह तिनीहरूको निर्णय कियामतको दिन गर्ने छ । र अल्लाहले कहिल्यै पनि मुसलमानहरूमाथि काफिरहरूलाई विजय प्रदान गर्नेछैन ।