१५५) यो सजाय पनि तिनीहरूको वचन भंग गर्नाले र अल्लाहका आयतहरूबाट इन्कार गर्नाले र नबीहरूको (अल्लाहकादूतको) अवज्ञा गरी बिना कारण हत्या गर्नाले र यो भन्नाले कि हाम्रो हृदय आवरणले ढाकिएका छन्, अपितु उनीहरूको कुफ्र (अवज्ञा) को कारण तिनीहरूको हृदयलाई अल्लाहले मोहरबन्द गरिदिएका छन त्यस कारण तिनीहरूले कमै ईमान ल्याउँछन् ।