६१) र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहका क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।


الصفحة التالية
Icon