४४) हामीले नै तौरात उतार्यौं जसमा मार्गदर्शन र प्रकाश थियो, त्यसै अनुसार नबी र ज्ञानीहरूले जो (अल्लाहका) आज्ञाकारी थिए, यहूदीमा यसै तौरात अनुसार फैसला गर्दथे । किनभने तिनीहरूलाई अल्लाहको किताबको रक्षा गर्ने आदेश थियो, र तिनीहरू यसको गवाह पनि थिए, तसर्थ तिमी मानिसहरूसित नडराउनु र मसँग डर मान्नु र मेरो आयतहरूलाई अलिकति मूल्यमा नबेच्नु । जसले अल्लाहले प्रदान गरेको आदेशहरू बमोजिम फैसला गर्दैनन् तिनीहरू नै काफिर हुन् ।


الصفحة التالية
Icon