९२) यो पनि यस्तै किताब हो जसलाई हामीले उतारेका छौं जो धेरै कल्याणकारी छ, पहिलाका किताबहरूलाई प्रमाणित गर्दछ र यस कारणले कि तपाईले मक्का र त्यसको छेउछाउमा बस्ने मानिसहरूलाई डराउन सक्नुहोस्, र जुन मानिसहरूले आखिरतको दिनमा विश्वास गर्दछन्, तिनीहरू जस्तैले यस किताबमा यी पनि आस्था राख्दछन् र आफ्ना नमाजहरूबारे नित्यता गर्दैछन् ।