९४) र हेर जस्तो हामीले तिमीलाई प्रथम पटक सृष्टि गरेका थियौं त्यस्तै तिमी आज हाम्रो समीपमा एक्ला–एक्लै आएका छौ र जुन हामीले तिमीलाई प्रदान गरेका थियौं ती सबै कुरा आफ्ना पछाडि छोडेर आयौ, र हामीले तिम्रा साथमा भएका सिफारिश गर्नेहरूलाई पनि देख्दैनौं, जसको बारेमा तिम्रो दावी थियो कि तिनीहरू तिम्रा सहभागी हुन् । निश्चय नै तिम्रा आपसी सम्बन्धहरू त समाप्त भइहाले र जुन दावी तिमीले गर्ने गर्दथ्यौ ती सबै समाप्त भए ।