११९) अनि के कारणले जुन जनावरमा अल्लाहको नाम लिइएको छ तिमीले त्यसबाट खाँदैनौ, जबकि तिम्रो लागि वर्जित गरिएका सबै जनावरहरू एक एक गरी वर्णन गरिसकिएको छ । तर त्यस अवस्था बाहेक जब कि ती कुरा खानुको निम्ति बाध्य भइहाल्छौ तर धेरै जसो मानिसहरू बिना जानी बुझी आफ्नो इच्छा पूर्तिको लागि मानिसहरूलाई ढाँटीरहेका छन् । यसमा कुनै शंका छैन कि जो सीमाभन्दा बाहिर गइहाल्छन्, तिनीहरूलाई तिम्रो पालनकर्ता राम्ररी जान्दछ ।