१३६) यिनीहरूले नै सृष्टि गरेको कुराहरू कृषि र चौपायामा अल्लाहको एक भाग निर्धारित गरेका छन् र आफ्नो विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो (मूर्तिहरूको), तसर्थ जुन (भाग) तिनीहरूको साझेदारको हुन्छ, त्यो अल्लाहतिर पुग्दैन र जुन (भाग) अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगीहाल्छ । कति नराम्रो निर्णय यिनीहरूले गर्दछन् ।


الصفحة التالية
Icon