१३९) यो पनि भन्छन्ः कि, जुन कुरा (बच्चा) यी चौपायहरूको पेटमा छन् त्यो विशेषरूपले हाम्रा पुरुषहरूको लागि हो र हाम्रा स्वास्नी मानिसहरूका लागि त्यो होइन । यदि त्यो बच्चा मृतक जन्मन्छ भने त्यसमा सबैको साझेदारी छ (सबैले खान सक्छन्) । छिट्टै अल्लाहले तिनीहरूलाई तिनका मनगढन्त कपोलकल्पित कुराको सजाय दिनेछ । निःसन्देह ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।


الصفحة التالية
Icon