१४१) र उही हो जसले धेरै बगैचाहरू उत्पन्न गरायो । टाटी, बान्नो वा थाङ्गरामा चढने लतावाला र छानामाथि नचढने बिना लतावाला पनि । र खजूर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्यपदार्थ प्राप्त हुन्छन्, जैतून र अनार पनि जो एक–आपसमा मिल्दछन् र फरक पनि हुन्छन् । यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ तिनीहरूको भाग (दान) पनि दिनु र सीमाभन्दा अघि नबढ, अल्लाहले सीमादेखि अघि बढ्नेलाई मायाँ गर्दैन ।


الصفحة التالية
Icon