१४६) र यहूदीहरूको निम्ति हामीले नङ्ग भएका सम्पूर्ण जनावरहरूलाई वर्जित बनाएका थियौं, र गाई र बाख्राको बोसो हराम गरिदिएका थियौं, तर त्यस बाहेक जुन (बोसो) तिनीहरूको पिठ्युमा टाँसिएको हुन्छ वा आन्द्रामा लागेको हुन्छ वा हाडमै टासिएको हुन्छ । यो सजाय हामीले तिनीहरूलाई तिनीहरूको बदमाशीको कारण दिएका थियौं, हामी त साँचो भन्नेवाला हौं ।