३७) योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या दोषरोपण गर्यो, वा उसका आयतहरूलाई गलत भन्दछ । तिनीहरूले आफ्नो भाग्यले निर्धारित गरेको कुरा पाउनेछन् । यहाँसम्म कि जब तिनीछेउ हामीले पठाएका फरिश्ताहरू प्राण निकाल्न आउने छन् र भन्ने छन्ः कि, अल्लाह बाहेक जसलाई तिमीले पुकार्ने गर्दथ्यौ तिनीहरू अहिले कहाँ गए ? तिनीहरूले भन्ने छन्ः (थाहा छैन) तिनीहरूले हामीलाई छोडेर गइहाले र तिनीहरूले आफुलाई काफिर भएको कुरा स्वीकार गर्नेछन् ।


الصفحة التالية
Icon