४३) र एक अर्काको लागि छलकपट जो तिनीहरूका छातिमा थियो हामीले सबै निकालिदिनेछौं । तिनीहरूको (महलहरू) मुनि नहरहरू बगिराखेका हुनेछन् । र उनीहरूले भन्ने छन् ‘‘कि, अल्लाहको हामी धेरै कृतज्ञ छौं जसले हामीलाई यस स्थानसम्म पुर्यायो, र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौं । वास्तवमै हाम्रो पालनकर्ताले पठाएका रसूलले साँचो कुरा लिएर आएका थिए । उनीसित ठूलो आवाजमा भनिनेछ कि, यो जन्नत हो जसको तिमी वारिस बनाइएका छौ । यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ ।’’


الصفحة التالية
Icon