१३४) र जब उनीहरूमाथि कुनै कष्ट हुन्थ्यो तब यस्तो भन्थे, ‘‘हे मूसा ! हाम्रो निम्ति आफ्नो पालनकर्तासित त्यस प्रतिज्ञाको आधारमा प्रार्थना गर्नुस् जुन उसले तपाईंसित गरेको छ, यदि तपाईले हामीलाई यस सजायबाट मुक्त गराइदिनु हुन्छ भने हामीले अवश्य नै तपाईले भने बमोजिम ईमान ल्याउनेछौं र इस्राईलका सन्तानलाई (छुटकारा दिएर) तपाईको साथमा जान दिनेछौं ।
الترجمة النيبالية